२०८३, २० श्रावण बुधबार | Wed Aug 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रदेशका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन्।
संसदीय दलको विधान २०७५ को नियम २ (१) बमोजिम उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

सोहि नियम २४ को (१,२,३,४) बमोजिम यथासक्य बैठक आयोजना गरी मार्ग प्रशस्त गर्न र प्रस्तावलाई नियम बमोजिम निर्णय गर्न गराउन उनीहरुले आग्रह गरेका छन्। प्रस्ताव दर्ता गराउनेमा पूर्वमन्त्री यमलाल कँडेल, प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीमगर लगायत छन्।

प्रस्ताव दर्ता गर्नेमा ३ जना पूर्व माओवादी सांसद छन् भने अन्य पूर्व एमाले हुन्। कर्णालीमा नेकपाका सांसद ३३ जना छन्।

प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:००  ४ : ०९ बजे