२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबरजस्ती करणीको आरोपमा ५२ बर्षिय पुरुष पक्राउ



काठमाडौं । जबरजस्ती करणीको आरोपमा ओखलढुंगाको चम्पादेवीका ५२ बर्षिय पुरुष पक्राउ परेका छन् । स्थानीय १७ बर्षिय किशोरीलाई करणीको प्रयास गरेको आरोपमा जिल्लाको चम्पादेवी गाँउपालिका वडा नम्बर ६ का ५२ बर्षिय पुरुष पक्राउ परेका हुन् ।
आफुमाथी जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिडित किशोरीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । आरोपित पुरुषको पहिचान प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका उनी विरुद्ध अदालतबाट ५ दिनको म्याद थप गरेर अनसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  १० : ५९ बजे