२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना पुष्टि



डोटी । सोमबार राति क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना पुष्टि भएको छ ।

केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो । नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताए ।

घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार ००:००  ११ : ३० बजे