२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङमा भरुवा बन्दुकसहित ११ जना पक्राउ



बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित ११ जना पक्राउ परेका छन् । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।

अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो ।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बन्दुकसहित नियन्त्रणमा लिइएकाहरुको बयानका आधारमा गाउँमा थप बन्दुकहरु पनि लुकाइएको आशंकामा खानतलासी गर्दै आएको छ ।

बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार ००:००  १० : १६ बजे