२०८३, ८ असार सोमबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बजारमा ग्यास सिलिन्डर पड्कियो, ११ घाइते



काठमाडौं। काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ।
बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

ग्यास पड्किँदा ११ जना घाइते भएका र उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जानकारी दिएको छ ।
घाइतेहरूको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको तथा ग्यास पड्किएपछि लागेको आगलागी नियन्त्रणमा आइसकेको छ।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहिबार ००:००  १ : ४४ बजे