२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३७४९ जनामा कोरोना पुष्टि



काठमाडौ। बिहीबार देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको उनले बताए।
कोरोनाबाट ३ हजार ५६४ निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको हो।
अहिले देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्।
बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहिबार ००:००  ४ : ३३ बजे