काठमाडौं ।नेपाल प्रहरीमा जागिर नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको हो।
प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।
कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।
७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ।
कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्।
उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ।
यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।











