२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विकास गर्न दिएन :प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको बताएका छन्।
हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताएका हुन्।
आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको बताए।

‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय सरकारी भवन निर्माण भइरहेको छ।’
सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ। राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन्। कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन्।’

सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि प्रधानमन्त्री ओलीले बताए।

प्रकाशित मिति : २०७७, २ कार्तिक आइतबार ००:००  ५ : ४८ बजे