२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुधौलीमा कोरोना न्युनिकरणमा नयाँ अभ्यास! सङक्रमितको घरमा रातो स्टिकर



सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना संक्रमितको घरमा रातो स्टिकर टाँस्न सुरु गरेको छ । नगरपालिकाले समुदायमा कोरोना संक्रमण फैलन नदिन रातो स्टिकर टाँस्न सुरु गरेको हो ।

दुधौली नगरपालिकाले चार दिनअघि देखा परेका कोरोनाका २७ जना बिरामीको घरमा होम आईसोलेसन लेखिएको रातो स्टिकर टाँस्न सुरु गरेको छ । सङक्रमितको पहिचान, सङक्रमण न्युनिकरण गर्न र दशैं तथा अघिपछि पाहुना लाग्ने काम परेर भेट्न घरमा पुग्ने प्रवृत्तिलाइ रातो स्टिकरले निरुत्साहित गर्ने नगरपालिकाका मेयर घनश्याम राउतले बताए ।

नगरपालिमा कुनै घरमा दुई जना, कुनै घरमा तीन जनासम्म कोरोना संत्क्रमित बिरामी छन् ।अहिलेसम्म संत्रक्रमितको १४ घरमा रातो स्टिकर टाँसि सकिएको छ । उनीहरुलाई होम आईसोलेसनमा नै राखेर उपचार गरिएको छ र संक्रमित बिरामीलाई उपचार गर्न अस्पतालमा आईसोलेसन बेडको अभाव भएकोले होम आईसोलेसन लेखेको रातो स्टिकर टाँसेर उनीहरुलाई घरमै उपचार गरिएको राउतको भनाई छ ।

कोरोना सं त्रक्रमित पूर्व संविधानसभा सदस्य बिषमलाल अधिकारी दनुवार र नेकपाका नेता डम्बरबहादुर कार्कीले पनि घरमा रातो स्टिकर टाँसेर होमआईसोलेसनमा बसेर उपचार गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  १२ : ०५ बजे