२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई



काठमाडौं ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  २ : १८ बजे