२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३ हजार ७९० लाई कोरोना पुष्टि



काठमाडौं । थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
त्यस्तै यस अवधिमा २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ।
थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार ००:००  ४ : ३२ बजे