२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको २ महिनाको तलब र दशैं भक्ता कोरोना कोषमा जम्मा



काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिएकी छिन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार ००:००  १ : ५० बजे