२०८३, ४ असार बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली नोट सहित एक जना पक्राउ



चितवन । ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन राप्ती नगरपालिका-५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार ००:००  २ : ४१ बजे