२०८३, १६ कार्तिक आइतबार | Mon Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ



कैलाली । कैलालीमा भारतीय नागिरकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेकाे आराेपमा पक्राउ परेका हुन्।

२०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  २ : १४ बजे