२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलमा पराजित भयो कोलकतासँग राजस्थान



राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ ।

दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलबाट बाहिरिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५, राहुल टेवाटियाले ३१, बेन स्टोक्सले १८ रन बनाए भने श्रेयस गोपाल २३ रनमा अविजित रहे ।

राजस्थानलाई सस्तैमा समेट्नका लागि कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिबम माभीले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा इयान मोर्गनले अविजित ६८ रनको अर्धशतकीय इनिङ्स खेले भने राहुल त्रिपाठीले ३९, सुबमन गिलले ३६, आन्द्रे रसेलले २५ र पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिदा कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १–१ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेर प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । तालिकाको चौंथो स्थानमा उक्लिएको कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  ११ : ०९ बजे