२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कसले चोर्यो मेरो मन २’ बन्दै



निर्माता छविराज ओझाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।
आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । सविरले भने–‘यो चलचित्रको तयारी भएको हो । तर, लकडाउनका कारण काम रोकिएको छ । चलचित्रको कथा छेतन गुरुङले लेखिरहनुभएको थियो । छेतनजीको निधन भएपछि कथाको काम पनि रोकिएको छ ।’
सविरका अनुसार, चलचित्रलाई छविराज ओझाले निर्माण गरेपनि छविराज प्रोडक्शनबाट यो चलचित्र बन्नेछैन । कुनै नयाँ नामको कम्पनीबाट छविले चलचित्र बनाउनेछन् ।

नयिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुन सकेन । रेखा फिल्मस्बाट बनेको ‘कसले चोर्यो मेरो मन’ सर्वाधिक हिट भएको थियो । चलचित्रमा रेखा र आर्यन सिग्देलको मुख्य भूमिका थियो । तर, ‘कसले चोर्यो मेरो मन २’मा भने नयाँ कलाकार लिने तयारी छविको छ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  ११ : २६ बजे