सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।
उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।
धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।











