२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीन जान पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य



काठमाडौं । नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्यभएको छ ।

यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने भएको छ ।

पछिल्लो समयमा चीन कोरोना भाइरस (कोभिड–१९) कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।

जहाज चढनुभन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  २ : ४० बजे