२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्ली शीर्ष दुईमा, बैंग्लुरु प्लेअफमा



इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बैंग्लुरु तेस्रो स्थानमा रहेको छ ।

अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।

दिल्लीलाई जीत दिलाउन अजिंका रहाने र शिखर धवनले अर्धशतकीय पारी खेले । रहानले सर्वाधिक ६० रनको योगदान दिए भने धवनले ५४ रन बनाए । बैंग्लुरुका लागि शहबाज अहमदले २ विकेट लिए ।

प्रकाशित मिति : २०७७, १८ कार्तिक मंगलबार ००:००  २ : ४८ बजे