२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ जना प्रहरी घुससहित पक्राउ



सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीद्धारा नेपाल प्रहरीका सईसहित तीनजनालाई ५० हजार रुपैँया घुस रकमसहित पक्राउ गरेको छ ।

सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जनालाई अख्तियार इटहरीले घुस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सई कानुसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादव रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले आइतबार ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार इटहरीका अनुसार प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियार इटहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार ००:००  ११ : ३८ बजे