२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु



कैलाली । कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।
शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  १० : ५३ बजे