२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानकी मेडिकल कलेजका कर्मचारी अनसनमा



जनकपुर । जानकी मेडिकल कलेजले कर्मचारी तलब र सञ्चय कोषको माग गर्दै आज छैठौं दिन आमरण अनसन जारी राखेका छन् । बाँकी ६ महिनाको तलब र ६ वर्षको सञ्चय कोष उपलब्ध गराउनुर्ने माग राख्दै महिना दिनदेखि आन्दोलनरत कर्मचारी निरन्तर छैंठो दिन आमरण अनसनमा बसेका हुन् ।
समयमा तलब र कर्मचारीको सञ्चयकोष दिन नसकेको जानकी मेडिकल कलेजका कर्मचारीको निरन्तर आन्दोलनलाई वेवास्ता गरेपछि बाध्य भएर आमरण अनसन बस्नुपरेको कर्मचारी हकहत संरक्षण समितिका संयोजक उमेश यादवले बताए ।

विगत ६ वर्षको सञ्चयकोष र ६ महिना देखिको तलव नपाएको भन्दै डेढ महिनादेखि शान्तिपूर्ण आन्दोलन गरेका १ सय १५ आन्दोनरत कर्मचारी मध्ये दुईजना आमरण अनसन बसेका छन्।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  ११ : १७ बजे