२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा



काठमाडौं । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताए ।

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीमा सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् । इँटा व्यवसायी सङ्घ प्रदेश नं २ का उपाध्यक्ष शङ्कर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् ।

प्रकाशित मिति : २०७७, २३ कार्तिक आइतबार ००:००  ११ : ०० बजे