महोत्तरी। महोत्तरीको बर्दिबास अस्पताललाई रोटरी क्लब बर्दिबासले एक थान पिसिआर मेसिन प्रदान गरेको छ ।
रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिबासलाई प्राप्त स्वास्थ्य उपकरणहरू १ थान पिसिआर मेसिन, १ थान ल्यापटप र १ थान युपिएस अस्पताललाई प्रदान गरिएको रोटरी क्लब बर्दिबास सेक्रेटरी बिष्णु पुरीले बताए ।
रोटरी क्लब बर्दिबासका अध्यक्ष हिरा गौतमले शनिवार बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीलाई एक समारोहका बीच यी स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिबासले कोरोना भाइरस नियन्त्रणका लागि पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष गौतमले बताए ।











