२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा कोरोना उपचार निः शुल्क



विराटनगर । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्‍याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन्। सो केन्द्रको क्षमता एक सय शैय्या हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ। सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ। लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए। उनले सङ्घीय, प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र सुरु गर्ने र झापाको मेची अस्पतालमा ५० शैय्याको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए। उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० शैय्या सहयोग गरेको जानकारी दिए।-रासस

प्रकाशित मिति : २०७७, २३ कार्तिक आइतबार ००:००  ३ : ३१ बजे