२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थिमि नगरपालिकाले ग¥यो प्रमुख प्रशासकीय अधिकृत फिर्ता



भक्तपुर । मेयरलाई असहयोग गरेको भन्दै भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ।

मेयर मदनसुन्दर श्रेष्ठलाई कामकारबाहीमाअसहयोग गरेको र उपभोक्ता समितिलाई भुक्तानी रोकेको भन्दै नगरपालिकाले अधिकृत उद्धवप्रसाद रिजाललाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको हो।

कार्यपालिका बैठकमा बहुमत सदस्य (१९ मध्ये ११ जना उपस्थित) भएर अधिकृत रिजाललाई मन्त्रालय फिर्ता पठाउने र अर्को अधिकृत छिटै पठाउन मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ।

‘प्रशासकीय अधिकृत मेयरलाई सहयोग गर्न आउने हो। मेयरविरूद्ध लाग्ने, अप्ठ्यारो पार्ने गतिविधि गरेपछि फिर्ता पठाउने निर्णय गर्नुप¥यो,’ उनले भने, ‘मन्त्रीसँग सचिव झगडा गरेर सचिव बस्यो भने काम सम्भव हुन्छ र? त्यस्तै यहाँ पनि काम भएन, फिर्ता पठाइयो।’

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार ००:००  ११ : ३९ बजे