२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युत् परियोजनाका लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औं बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए। उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो।

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार ००:००  १२ : १६ बजे