२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्धव स्मृति पार्क उद्घाटन




सिन्धुली।सिन्धुलीको फिक्कल गाउँपालिका- ५ सोल्पामा रहेको ‘उद्धव स्मृति पार्क’ को उद्घाटन गरिएको छ । ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राख्दै एक औपचारिक कार्यक्रमका बिच उक्त पार्कको उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सांसद गणेश पहाडी, बाग्मती प्रदेश सभा सदस्य राजन दाहाल, नेकपा सचिव एवं प्रदेश सभा सदस्य प्रदिप कटुवाल, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, पूर्व सांसद गंगा नेपाल, जिल्ला समन्वय समितिका संयोजक शंकर वर्मा, फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, सम्पर्क मञ्चका पूर्वअध्यक्षहरु डेकेन्द्र सुवेदी, तारानिधि पोखरेल, अमरबहादुर थापा मगरलगायतको उपस्थिति रहेको फिक्कल ५ का वडाध्यक्ष तथा प्रवक्ता राजु बरालले जानकारी दिए ।


उक्त पार्क फिक्कल गाउँपालिकाको सोल्पाठाना गाउँ विकास समितिका पूर्व अध्यक्ष स्व.उद्धव खड्काको स्मृतिमा पार्क निर्माण गरिएको हो । १९ लाख ५० हजार र संघीय सांसद कोषको १४ लाख गरी जम्मा ३३ लाख पचास हजार रुपियाँमा पार्क निर्माण गरिएको र पार्कमा भित्ते चित्र लेखनका साथै प्रतिक्षालय रहेको छ ।

ग्रामीण पर्यटन विकासका लागि पार्क निर्माणले सहयोग पुग्ने अपेक्षा रहेको गाउँपालिकाले जनाएको छ । पार्कमा सुन्दर भित्ते चित्रकलासहित फूलबारी तयार पारिएको छ ।

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार ००:००  ४ : ०८ बजे