२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष रुम्दालीकाे हिमाल यात्रा (तस्बिरमा हेर्नुहाेस्)



काठमाडाैं । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका अध्यक्ष दिपेन्द्र रुम्दालीले माउन्ट म्यारापिक आरोहण गरेका छन् । ६४७० मिटरको उचाइमा रहेको म्यारापिक अध्यक्ष रुम्दालीले २०७७ कातिक २९ गते सफलता पुर्बक आरोहण गरेका हुन् ।

साेल हिमालयन ट्रेक एण्ड टुर्स् काे व्यवस्थापनमा आरोहण दलका अन्य सदस्य सहित हिमाल चढेका अध्यक्ष रुम्दालीले ६४७० मिटरको उचाइमा पुुगेर नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको झण्डा फहराएका छन् । ‘हिमाल आरोहण निकै ऐतिहासिक भयो । ६४७० मिटरको उचाईमा पुुगेर सफलता पूर्बक महासंघको जिल्ला शाखाको झण्डा फहराएर फर्किएँ ।’ रुम्दालीले भने, ‘यो यात्रामा सहयोग गर्ने सबैप्रति ऋणी छुु ।’ आगामी वर्ष थप अग्ला हिमाल आरोहणको लक्ष्य राखिएको अध्यक्ष रुम्दालीले बताएका छन् ।

साेल हिमालयन ट्रेक एण्ड टुर्स् का सञ्चालक सर्की शेर्पा र पेम्बा शेर्पाकाे सहयाेगमा अध्यक्ष रुम्दालीले सफलता पूर्वका हिमाल आरोहण गरेका हुन् ।

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  ७ : ५५ बजे