२०८३, १८ बैशाख शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको गोलन्जोरमा अस्थायी कोभिड अस्पताल संचालनमा



सिन्धुली।सिन्धुलीको गोलन्जोर गाउँपालिकामा कोभिड–१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले अस्पताल संचालनमा ल्याएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरेको स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन २०७७ बमोजिम अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए।
असोज १ गते गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार अस्पताल स्थापना गरेर दक्ष स्वास्थ्यकर्मी बाट सेवा प्रवाह गरिएको छ । गाउँपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा बिस्तार गरेर संचालनमा ल्याइएको कार्कीको भनाई छ ।
अस्थायी अस्पतालमा सेवा लिन आउने कोभिड –१९ का संक्रमीत बिरामिलाई गाउँपालिकाले सबै उपचार खर्च निशुल्क गर्ने समेत निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।
संघीय सरकारले कोरोना संक्रमितहरुको परीक्षण र उपचार निशुल्क नगर्ने जनाएपछि गाउँपालिकाले संक्रमण देखिएको क्षेत्रमा परीक्षणलाई तीब्र बनाएको र संक्रमितको उपचार निशुल्क गर्ने वयवस्था मिलाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार ००:००  १० : ४५ बजे