२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्काको आरोपमा एक युवक पक्राउ



धनुषा । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।
साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो ।

त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार ००:००  ११ : ३७ बजे