२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो गायिका पनि हुन् तारा



तारा सुतारिया बलिउडकी सुन्दर, मल्टीट्यालेन्टेड अभिनेत्री हुन् । उनले बलिउड डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट गरेकी हुन् । डेब्यु फिल्म नै उनले सुपरहिट दिन सफल भइन् ।

तारा बलिउड अभिनेत्रीको अलवा राम्रो गायिका र डान्सर पनि हुन् । उनले क्लासिक, मोडन र ल्याटिन अमेरिकी डान्स लन्डनको रोयल अकादमी डान्सबाट सिकेकी छन् ।

ताराले सातबर्षको उमेरदेखि एक ब्यवसायिक गायिकाको रुपमा समेत काम गर्दै आएकी छिन् । उनले कयौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय सांगीतिक कार्यक्रममा पफमेन्स गरिसकेकी छन् । उनले डिज्नी च्यानलमा भिडियो ज्याकीको रुपमा २०१०मा काम सुरु गरेकी थिइन् । उनको एक जुडुवा बहिनी पनि रहेकी छन् । जसको नाम पिया सुतारिया हो ।

तारा केही अगाडि फिल्म ‘मरजावा’मा देखिएकी थिइन् । उनी पछिल्लो फिल्म ‘तडप’को तयारी छिन् । फिल्ममा उनी सुनिल सेट्टीका छोरा अहानसँग देखिने छिन् ।- रातोपाटी

प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार ००:००  १२ : १७ बजे