२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने कोरोना संक्रमित बढे



काठमाडौं।बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने कोरोनाभाइरस कोभिड—१९ संक्रमित सबैभन्दा बढि रहेको पाइएको छ । बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को होम आइसोलेशनमा २ हजार ९ सय ५४ जना बसेका छन् भने प्रदेश २ मा होम आइसोलेशनमा बस्नेको संख्या ६ सय ५९, जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा १ हजार ८ सय ९३ जना रहेका छन् । लुम्बिनी प्रदेशमा १ हजार ८ सय २६ होम आइसोलेशनमा बसका छन् भने कर्णाली प्रदेशमा १ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् ।
र सुदूरपश्चिम प्रदेशमा ९ सय २३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् । हालसम्म २८ हजार १ सय ६ जना संक्रिय संक्रमित मध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेशनमा बसको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार ००:००  १ : ३८ बजे