२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा संक्रमण देखिएको छ ।यो सँगै संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
१९ हजार ९६३ कोरोनाका सक्रिय संक्रमित छन्।संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना छन् र होम आइसोलेसनमा १३ हजार ६१२ छन्। यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन्।
नेपालमा कोरोनाबाट १३ सय २१ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आइतबार ००:००  ४ : ४४ बजे