२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा जग्गा बाँझो राख्नेले सरकारी सेवा-सुविधा नपाउने



मुगु।मुगुमा जग्गा बाँझो राख्नेले सरकारी सेवा सुविधा नपाउने भएको छन्। छाँयानाथ रारा नगरपालिकाले जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट दिइदै आएको सबै सेवा नदिने निर्णय गरेको हो ।
मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाइ जग्गा बाँझो राख्नेलाई वडापालिकाबाट प्रदान हुने सबै सेवा रोक्का गरिने निर्णय भएको ४ नम्बर वडाका वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी दिए।
नगरपालिका ( ४ का तीन बस्ती भामबाडा,रावलबाडा र रोकायाबाडाका स्थानीयले जग्गा बाँझो राखी हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका थिए। यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिकाको सो निर्णय गरेको हो। नगरपालिकाको १४ वडामध्ये ४ नम्बर वडाका तीन बस्तीका सबै जग्गामा वर्षमा दुई बाली उत्पादन हुने गरेको छ ।

बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं, र गहुँ लगाउने गरेपनि यो तीन बस्तीमा केही वर्षयता हिउदेबाली जौ र गहुँ लगाउन छोडेको थियो। जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट उपलब्ध हुने सरकारी सेवा रोक्का गर्ने निर्णय कृषकहरुका लागि स्वागतयोग्य भएको छाँयानाथ रारा नगरपालिका—४ रोकायाबाडाका कृषक कृष्णाप्रसाद भामले बताए ।

वडा कार्यालयको उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको छाँयानाथ रारानगरपालिका—४ का वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी दिए।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार ००:००  १ : १६ बजे