२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको कमलामाईमा बढ्यो महिला हिंसा



सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिकामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । सिन्धुलीका अन्य स्थानिय तहभन्दा कमलामाईमा महिला हिंसाका घटना बढेको हो ।

ओसीएमसी सिन्धुलीले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार जिल्लामा १८० वटा शारिरीक हिंसा भएकामा कमलामाईमा ११३ वटा महिलामाथि शारिरीक हिंसाका घटना भएका थिए । साउनदेखि मङ्सिर ९ गतेसम्म सिन्धुलीमा जबरजस्ती करणीका ७९ घटना दर्ता भएकामा कमलामाई नगरमा मात्रै २१ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् । त्यस्तै ,२०७७ जिल्लाभर १९९ वटा मानसिक हिंसाका घटना भएकामा नगरपालिकामा १०३ वटा घटना भएका थिए । ओसीएमसीका अनुसार, जिल्लामा ३० वटा दुव्र्यवहार घटनामध्ये कमलामाईमा ६ वटा भएका थिए । जिल्लामा तीनवटा जबरजस्ती विवाहका घटनामा कमलामाईमा एक युवतीको जबरजस्ती विवाह गरिएको थियो ।


जिल्लामा १९ वटा बालविवाह भएकामा कमलामाईमा दुईवटा बालविवाहका घटना दर्ता भएका छन् । त्यस्तै, जिल्लामा अन्य प्रकारका महिला हिंसाका घटना ७९ वटामध्ये कमलामाईमा ३१ वटा घटना भएका थिए । जिल्लाभर सो अवधिमा ७०६ वटा महिला हिंसाका घटना भएका थिए । जसमध्ये कमलामाईमा ३३६ वटा हिंसाका घटना भएका थिए । त्यस्तै, स्रोत साधन, सेवा अवसरबाट सिन्धुलीमा ११७ वटा बञ्चित भएका घटनामध्ये कमलामाईमा ५९ वटा रहेको जनाइएको छ ।

महिला हिंसाको अन्त्य बोलेर मात्रै होइन व्यवहारमै देखिनुपर्छ:सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले महिलामाथि हुने आर्थिक, सामाजिक एवं यौन हिंसाको अन्त्यका लागि व्यक्ति, परिवार र समाजले नै गम्भीतासाथ लिनुपर्ने बताइन्। दाहालले सुनकोशी गाउँपालिकामा आयोजित लैङ्गिक हिंसा बिरूको १६ दिने अभियानको उद्घाटन गर्दैे,उनले भनिन् “महिलामाथि हुने हिंसाको अन्त्य बोलेर मात्रै होइन व्यवहारमै देखिनुपर्छ । यस विषयमा जनप्रतिनिधि अझ बढी सचेत हुनुपर्छ ।

लिङ्गका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनुलगायत क्रियाकलापलाई हिंसाको रुपमा लिइने जनाइएको छ ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार ००:००  १ : १३ बजे