२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीका विद्यालय १४ गतेबाट खुल्ने



काठमाडौं। म्याग्दीको बेनी नगरपालिकाले आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने भएको छ ।सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने निर्णय भएको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार शैक्षिक संस्था खोल्न लागेको श्रेष्ठ बताउँछन् ।संस्थागत आइसोलेसन र क्वारेन्टिन खाली रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

बेनीमा ५६ वटा सामुदायिक विद्यालयसहित ७१ वटा शैक्षिक संस्था छन् ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार ००:००  १ : ३२ बजे