२०८३, २५ बैशाख शुक्रबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश -१ प्रमुख ‘प्यासी’ लाई कोरोना पुष्टि



काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ। प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए। उनकी धर्मपत्नी लाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए।

प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  १२ : ०९ बजे