२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैपटक गिनिज बुकमा चार नेपाली



काठमाडौँ।संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी तथा पुष्कर नेपाल र गायक पूर्ण राईले यो सफलता पाएका हुन् ।

अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गिनिज बुक अफ वल्र्ड रेकर्डले जनाएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानबाट क्यामेरा एंगल मात्रै परिवर्तन गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिलाएको हो ।

नेपालको पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो (४ हजार ७ सय ६८ मिटरको उचाइमा २०७६ असोज १ गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रूपामा लिँदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिइएको छ

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  १२ : २५ बजे