२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा आगलागी : ११ घर जले



कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका– ४ राँचुलीमा भएको आगलागीबाट लाखौँको धनमाल क्षति भएको छ ।

खाना पकाउने क्रममा एक घरमा आगलागी भएको र त्यसले ११ घरधुरी पूर्ण रूपमा क्षति भएको वडा तिलागुफा नगरपालिका– ४ राँचुलीका वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

‘घर र काठले छाएका घर भएका कारणले आगलागीलाई नियन्त्रणमा लिन सकिएन,’ उनले भने, ‘घरमा भएको सबै धनमाल नष्ट भएको छ ।’

११ घरधुरीका सबैको अन्नपात, लत्ताकपडा, वस्तुभाउ पनि जलेको वडाध्यक्ष शाहीले जानकारी दिए ।आगलागी भएर ११ घरधुरीमा क्षति पुगेको खबर आएको र प्रहरी परिचालन गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘प्रहरी घटनास्थलमा पुगेको र क्षतिको विवरण संकलन गर्दै छ,’ उनले भने, ‘प्रहरीको मुचुल्कापछि मात्र क्षतिको विवरण आउनेछ ।’आगलागीबाट घरवारविहीन भएकालाई तत्काल खान र बस्नका लागि नगरपालिकाले व्यवस्था गर्ने तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  १ : १९ बजे