२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७५ अंकले बढ्यो नेप्से



आइतबार सेयर बजारको परिसूचक नेप्से ७५ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्सेले १९६८ अंकको नयाँ रेकर्ड बनाएको छ। यसअघि बिहीबार १८९३ अंकको उच्च रेकर्ड बनाएको थियो।

दिउँसो १ बजेर २ मिनेट जाँदा नेप्सेले १९७१ अंकसम्म छोएको थियो।

नेप्सेले उच्चतम अंकको रेकर्ड बनाइरहँदा कारोबार रकममा पनि उछाल आएको छ। यस दिन ९ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एकै दिन भएकाे आजको कारोबार रकम पनि हालसम्मकै उच्च हो।२ करोड ५९ लाख बढी कित्ता सेयर किनबेच भएको छ।

वाणिज्य बैंकहरु (बैंकिङ समूह) को सेयर मूल्यमा अत्याधिक वृद्धि हुँदा यस दिन समग्र नेप्से परिसूचकमा ठूलो उछाल आएको हो।

यस दिन सो समूह ११२ अंकले बढेको छ। विकास बैंक समूह १७३, जलविद्युत २६, फाइनान्स १२, अन्य ०.२५, माइक्रोफाइनान्स २७, जीवन बीमा समूह २४५ अंकले बढेका छन्।

निर्जीवन बीमा समूह ४५, उत्पादन ३७, ब्यापार ३५ र होटल समूह ७ अंकले घटेका छन्

कतिपय बैंकमा १० प्रतिशत बढेको मूल्य तिर्न खोज्दा पनि लगानीकर्ताले सेयर खरिद गर्न पाएका छैनन्। यस दिन १ दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुको मूल्य १० प्रतिशतकाे हाराहारीमा अर्थात साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  ३ : ३४ बजे