२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा पिकअप दुर्घटना, दुई जनाको मृत्यु



इलाम। इलामको फाकफोकथुम-५ स्थित थुम्के भीरमा पिकअप दुर्घटना हुँदा सोमबार साँझ दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माई नगरपालिका-९ का अन्दाजी ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका- ११ सोयाकका अन्दाजी ३० वर्षीय नवीन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

पाँचथरको रबिबाट नवमी हुँदै इलामतर्फ जाने क्रममा को२च १५ नम्बरको तरकारी बोकेको पिकअप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा इलाम माई नगरपालिका-१ का ३० वर्षीय विकाश तामाङ गम्भीर घाइते भएका छन्। उनको इलाम अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७, १६ मंसिर मंगलबार ००:००  २ : ५२ बजे