२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीको रुपनिमा माहुरीको टोकाइबाट महिलाको मृत्यु



सप्तरी।सप्तरीको रुपनि गाउँपालिकामा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
रुपनि गाउँपालिका वडा नम्बर १ का राजेश कुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा मृत्यु भएको हो ।

माहुरीको टोकाइबाट सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  १० : ५२ बजे