२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुला गरियो हलेसी मन्दिर



खोटाङ।कोरोना भाइरस कोभिड १९ का कारण बन्द गरिएको खोटाङको हलेसी मन्दिर आठ महिनापछि खुला गरिएको छ । गत चैत ८ देखि प्रवेश रोक लगाइएको हलेसी मन्दिर मंसिर १६ गतेबाट प्रवेश खुला गरिएको हो ।
कोरोना फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आएका दर्शनार्थीको पुजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मुख्य गुफा र बसाहा गुफा प्रवेशमा रोक लगाएको थियो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले मंगलबार जारी गरेको सूचनामा मूल गेटबाट एक पटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दुरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरवत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने उल्लेख छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  ११ : ४७ बजे