२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से परिसूचक ७० अंकले बढ्यो



काठमाडौं।सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ । दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४०लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन् ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  ३ : २८ बजे