काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धकाप्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए ।
शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको जानकारी कार्कीले दिए।
घटनाको प्रारम्भिक अनुसन्धानमा राती सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने देखिन्छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।
दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको कार्कीको भनाई छ ।’











