२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाको विमानस्थलमा आगलागी



हुम्ला। हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । अचानक विमानस्थल प्रमुख बस्ने क्वार्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिए ।
‘आगोको लप्काले विमानस्थल प्रमुखकाे क्वार्टरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीबारे जानकारी प्राप्त भयो सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।’
नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको पहलमा आगो निभाउने काम भइरहेको छ । अत्यधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार ००:००  २ : ०६ बजे