२०८३, ४ असार बिहिबार | Fri Jun 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ



गोरखा । जिल्लाको सिरानचोक गाउँपालिका-८ धन्सारका ७० वर्षीय तुलाराम ढकालको हत्या उनको आफ्नै छोराले गरेका हुन्।
उनको हत्या गरेको आरोपमा ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले बताए।
सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए।
सो खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहिबार ००:००  २ : २२ बजे