इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न बनेको पार्टी नभएको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको बताएका हुन् ।
मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने“हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”











