उदयपुर । उदयपुरको कटारीको सौर्य सिमेन्ट खानीमा बम विस्फोट भएको छ । बिहीबार राती करिब १२ बजेको समयमा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार कटारी नगरपालिका वडा नं. ८ स्थित सौर्य सिमेन्टको खानीमा रहेका मजदुरहरू भागदौड गर्ने क्रममा ३ जना घाइते भएका छन् । बम लागेर कुनै पनि मानवीय क्षति भएको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्ने क्रममा रहेको एसपी दाहालले बताए । विस्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
२०७७, १९ मंसिर शुक्रबार ००:००
0
Shares











